ताजा समाचार


ट्रेन्डिङ :

करेन्ट लागेर खोटाङमा विहिबार ट्रयाक्टर चालकको मृत्यु

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २५, शुक्रबार ०५:०५ मा प्रकाशित



खोटाङ । खोटाङमा करेन्ट लागेर विहिबार ट्रयाक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ काभ्रेस्थीत बृहत पम्पीङको क्रसरमा पानी अनलोड गर्ने क्रममा करेन्ट लागेर वडा नंं.–६ मंगलटारका १९ वर्षिय पुष्प परीयारको मृत्यु भएको हो । ट्रयाक्टरको पछाडी पानी बोक्न ट्याङ्की जडान गरीएको र सो ट्याङ्कीमा पसेर पानी हेर्दा परीयारलाई ११ हजार भोल्टको करेन्ट लागेको स्थानीय बिन्दा भुजेलले बताइन् । उनका अनुसार क्रसर उद्योगमा जडान गरेर ल्याइएको लाईन होचो हुँदा चालकलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाईते भएका परीयारलाई उपचारको लागि तत्काल स्वास्थ्यचौकी दुर्छिम पु¥याए पनि उपचार हुन नपाउँदै मृत्यु भएको हो । मृतक परीयारको लाश पोष्ट मार्टमको लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।



प्रतिक्रिया




Top