ताजा समाचार


ट्रेन्डिङ :

बिकाश बिरोधी देउवा सरकार : ओली सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २५, शुक्रबार ११:२४ मा प्रकाशित



 

काठमाडौं, भदौ २५ । सरकारले पूर्वाधार विकासमा पूर्ववर्ती सरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई रोकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन बजेट प्रस्तुत गर्ने क्रममा बिकाश आयोजना रोकेको घोषणा गर्नुभएको हो ।

पूर्वाधार विकासमा पूर्वसरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई स्रोत अभावमै ल्याएको भन्दै अर्थमन्त्री शर्माले स्थगित गरिएको बताउनु भयो । आर्थिक दृष्टिकोणले निर्माण गर्न सक्ने सडकको नक्सांकन गरेपछि निर्माण गर्न सकिने अर्थमन्त्री शर्माले बताउनु भयो । अर्थमन्त्री शर्माले एमालेको अवरोध र नारावाजीबीच प्रतिस्थापन बिद्येयक प्रस्तुत गर्नुभएको हो । जनता टाइम्सबाट साभार



प्रतिक्रिया




Top