ताजा समाचार


ट्रेन्डिङ :

हलेसी तुवाचुङ नगरसभापतिमा चक्र कुमार राईको उम्मेद्वारी घोषणा

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २५, शुक्रबार ०३:४२ मा प्रकाशित



टिवन राई
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरसभापतिमा नेपाली कांग्रेसका युवा नेता चक्र कुमार राईले उम्मेद्वारी घोषणा गरेका छन् । राईले विहिबार हलेसीस्थीत जाम्बाला रीसोर्टमा एक कार्यक्रमका बिच उम्मेद्वारी घोषणा गरेका हुन् । विद्यार्थी जिवनमै दुर्छिम मा.वि.बाट राजनीतिक थालेका राई हाल जिल्ला सदस्य हुन् । जिल्लाको दोश्रो ठूलो हलेसी तुवाचुङ नगरपालिकामा भदौ २७ गते हुने दोश्रो नगर अधिवेशनका लागि राईले उम्मेद्वारी घोषणा गरेका हुन् । राईको उम्मेद्वारी घोषणासँगै उपसभापतिमा काशीराज राई र देवेन्द्र राई, सचिवमा कमल गिरी र किशोर कुमार वस्नेत, सहसचिवमा खेमराज कार्की र युवराज कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा कार्यक्रममा जिल्ला सभापति नरेश कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनितिहरु विरकाजि राई, सुवास कुमार पोखरेल, दिनेश राई, जितेन्द्र ठकुरी, जिल्ला सदस्य समिर राई क्षेत्रिय सभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, तरुणदल जिल्ला सभापति भिषण राई लगाएतको उपस्थीति रहेको थियो ।



प्रतिक्रिया




Top