ताजा समाचार


ट्रेन्डिङ :

हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा बनाईने

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २६, शनिबार १६:२५ मा प्रकाशित



खोटाङ ।
जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा शिलान्यास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा आसपासको क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा शिलान्यास गरिएको हो ।
धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाका नगरप्रमुख इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबिचमा २०७७ साल माघ १८ गते भएको १९ बुँदे सम्झौता अनुसार वौद्ध लामा जोपा रिन्पोछेले पूजाआजा गर्दै पद्मसम्भवको प्रतिमा शिलान्यास गरेका हुन् ।

ध्वजापताका क्षेत्र, स्वागत द्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पद्मार्ग लगायतका संरचना निर्माण गरिने नगर प्रमुख राइृको भनाई छ । पद्मसम्भव पार्कमा बढिमा ५ वर्षभित्र सम्पुर्ण काम सम्पन्न गरिने उनले बताए । हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडभन्दा बढिको खर्चमा उक्त काम सम्पन्न गरिने नगर प्रमुख राईको भनाई हो ।
पद्मसम्भवको साना तथा ठूलो मुर्ती राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, वौद्ध धर्म संग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, वौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, गार्डेन, ढल, पानी, विजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपांगमैत्री शान्ति मार्ग लगायतका संरचना निर्माण गरिने जनाइएको छ ।

हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापना पश्चात वौद्ध धर्म परम्परा अनुसार साँस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्नका लागि त्यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मत सम्भार र पाठपूजाको व्यवस्था बौद्ध महासंघले गर्ने सम्झौता छ ।



प्रतिक्रिया




Top