ताजा समाचार


ट्रेन्डिङ :

हलेसी तुवाचुङमा राउतको नगरसभापतिमा उम्मेद्धारी घोषणा

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २६, शनिबार १६:०० मा प्रकाशित



खोटाङ । आउँँदो आसन्न कांग्रेसको नगर निर्वाचनमा जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभापति पदमा रमेश राउतले उम्मेद्वारी दिने घोषणा गरेका छन् । कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता रहेका राउतले आगामी असोज ९ गतेका लागि तोकिएको अधिबेसनमा आफ्नो प्यानल नै तयार गरेर शनिबार उम्मेद्वारी घोषणा गरेका हुन् ।
उनको प्यानलबाट उप–सभापतिमा डिकुवाका दिनेश राई र राजापानीका धनकुमार खड्का, सचिवमा अर्खौलेका केशव श्रेष्ठ र दुर्छिमका फडिन्द्र राई, सह–सचिवमा धितुङका लम्बर राई र जुना राईले उम्मेद्वारी दिने तयारी गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष समेत रहेका राउत राजनितिमा पछिल्लो समय कुसल एवं प्रखर वक्ताका रुपमा चिनिन सफल एक युवा नेताका रुपमा परिचित छन् । राउत राजनितिक क्षेत्रमा अव्वल साथै अधिवक्ता समेत हुन् ।

२०६२ सालमा पाटन संयुक्त क्याम्पसको ईकाई समिति सदस्य बनेर २०६२÷०६३ को जनआन्दोलमा सहभागी हुँदै विद्यार्थी राजनीति सुरु गरेका राउत सोही ईकाई समितिको सह–सचिव हुँदै सचिव बनेका थिए । सक्रिय विद्यार्थी राजनीतिमा संलग्न राउत स्थानीय तहको निर्वाचनमा गाउँ फर्किएका थिए । उनलाई पूर्व राज्यमन्त्री सर्वधन राई, हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई, नेविसंघका पूर्व केन्द्रिय सदस्य दुरेन राई, पेशल राई लगायतको समर्थन रहेको पाइएको छ ।
११ वडा रहेको नगरपालिका सभापतिमा राउत र चक्रकुमार राईबिचमा कडा प्रतिष्पर्धा हुने पक्का छ । राईको प्यानललाई कांग्रेस क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, महासमिति सदस्य दिनेश राई, महाधिबेसन प्रतिनिधि जितेन्द्रसिं ठकुरी लगायतको समर्थन छ ।



प्रतिक्रिया




Top