ताजा समाचार


ट्रेन्डिङ :

खोटेहाङका ४६ जना, एमाले परित्याग गरि कांग्रेसमा प्रवेश

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २७, आईतवार ०५:२५ मा प्रकाशित



खोटाङ ।
जिल्लाको खोटेहाङ गाउँपालिका वडा.–३ सावाकटहरेका ४६ जानले नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । खोटेहाङ गाउँपालिका वडा–३ ले शनिवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ४६ जना एमालेका नेता तथा कार्यकर्ता प्रवेश गेरका हुन् । देशको भविष्य कांग्रेसको हातमा रहेको मनोसाय दिंदै कांग्रेस प्रवेश गरेको नवप्रबेशीको भनाई छ । नवप्रवेशीलार्ई कायृक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि युवा नेता रविप्रकाश राई, विशेष अतिथि नेबिसंघ खोटाङका पुर्व अध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य राजु ढकाल साथै पार्टीका अन्य नेता कार्यकर्ताको भव्य उपस्थितिमा पार्टीका नवनिर्वाचित वडा सभापती जेफर राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो



प्रतिक्रिया




Top