ताजा समाचार


ट्रेन्डिङ :

बैशाख १६ गतेबाट बन्द रहेको हलेसी मन्दिर सोमबारबाट खुल्ने

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २७, आईतवार १३:५६ मा प्रकाशित



टिवन राई
हलेसी
भाद्र २७ । खोटाङको हलेसी मन्दिर सोमबारबाट खुल्ने भएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले मन्दिर खोल्ने निर्णय गरेको हो । बैठकले जिल्लामा कोभिडको विरामी दिनानुदिन घट्दै गइरहेको र संक्रमणको दर न्यून रहेकोले हलेसी मन्दिर लगाएत जिल्लास्थीत सम्पूर्ण धार्मीकस्थलहरु खोल्ने निर्णय गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाले दर्शनका लागि हलेसी महादेवस्थान विकास समिति र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिसँग आवश्यक समन्वय गरी उपयुक्त वातावरण मिलाउने छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरेर मात्र दर्शन गर्न पाइने निर्णयमा भनिएको छ । बैशाख १६ गतेबाट बन्द रहेको हलेसी मन्दिर खुल्ने भएपछि हलेसीबासी तथा दर्शनार्थीहरु हर्षित भएका छन् ।



प्रतिक्रिया




Top