ताजा समाचार


ट्रेन्डिङ :

कांग्रेस खोटाङको पहलमा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २९, मंगलवार १३:२५ मा प्रकाशित



खोटाङ ।
सत्तारुढ दल नेपाली कांग्रेस खोटाङको पहलमा जिल्ला अस्पताललाई खोटाङलाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण तथा उपयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, कांग्रेस महाधिबेसन प्रतिनिधि बिरकाजी राई, तरुण दल खोटाङका अध्यक्ष भिषण राई र नेविसंघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतको पहलमा एन्टीजेन किट, अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य सामाग्ी करिब २० लाख मुल्य पर्ने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक हजार सेट एन्टीजेन किट, ५० लिटरको ५ पिस अक्सिजन सिलिण्डर र १० लिटरको २ पिस अक्सिजन कन्सन्ट्रेटर जुटाइएको हो । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै ल्याइएको स्वास्थ्य सामग्री सोमबार नेविसंघका जिल्ला अध्यक्ष बस्नेत र सदस्य बिराज आचार्यले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको उपस्थितिमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. बैभव मल्लिकलाई हस्तान्तरण गरेका छन् ।



प्रतिक्रिया




Top