ताजा समाचार


ट्रेन्डिङ :

बिद्युत अनियमित हुदा उपभोक्ता मारमा

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २९, मंगलवार १३:५२ मा प्रकाशित



दीपेन्द्र लुइटेल भोजपुर । भोजपुरमा बिधुत अनियमित हुदा उपभोक्ता मारमा परेका छन । बारम्बार बिधुत आउने जाने गर्दा उपभोक्ता हैरान मात्र भएका छैनन बिधुतको माध्यम बाट सञ्चालन हुने ब्यबसाय नै चौपट हुने अवस्था शृजना भएको छ ।

बिधुत प्राधिकरणले लोड्सेटिङ नरहेको दाबी गरे पनि बत्ती भने ,दिनमा बारम्बार दर्जनौं पटक र बत्ती जाने आउने गर्छ । जसका कारण उपभोक्ता आजित हुने भएका छन । यस्तै बिद्युतकै माध्यम बाट सञ्चालन हुने ब्यबसाय त झनै संकटमा परेका छन । बिधुत अनियमित हुदा ब्यबसाय सञ्चालनमा समस्या मात्र भएको छैन । बारम्बार बत्ती आउनेजाने गर्दा उपकरण हरु बिग्रीएर व्यावसायि हैरान भएका छन ।

बत्ती धेरै आउने जाने गर्दा उपकरणहरु बिग्रीएर मर्मत खर्छ धान्न समेत समस्या भैरहेको भोजपुर बिचबजारका दयालक्ष्मी छापखानाका सञ्चालन जीवन कुमार श्रेष्ठ बताउँछन् । यस्तै अन्य मोबाइल मर्मत पसल ,रेडियो स्टेसन मा समेत बिधुत अबरोध हुदा समस्या भए पनि सबै भन्दा बढी भौतिक उपस्थितिमा कक्षा सञ्चालन नहुदा अन्लाईनमा पढ्न बाध्य विद्यार्थीहरुलाई समस्या भएको छ । उनिहरु मात्रै हैन बिद्युत अनियमित हुदा जिल्ला बासीहरु आजित बनेका छन ।

बत्ती अनियमित हुदा आजित बनेका जिल्ला बासीले अहिले बिधुत प्राधिकरण माथी आक्रोश पोखिरहेका छन । बिधुत प्राधिकरण माथी आक्रोश अहिले सामाजिक सञ्जालमा छछल्किन थालेको छ । केहि समय अगाडि विद्यार्थी हरुले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । तर,अहिले समस्या उस्तै छ ।

यता बिधुत प्राधिकरणले भने मौसम प्रकितिलाई दोष दिएर पन्सिन खोजेको छ । लामो दुरि ,पहाडको बाटो बिछ जङ्गल बाट बिधुत लाईनको बाटो भएकोले कहाँ बिग्रीयो भन्ने पत्ता लगाउन कठिनाइ भएको बताउछन भोजपुर बिधुत प्राधिकरण प्राबिधिक फाट कम्लेस यादब ।

उनले भने, ूभोजपुरमा सञ्चालन भएको पावर हाउस पनि केन्द्रिय प्रसारण लाइनमा कनेट भएकोले केन्द्रिय प्रसारण लाइनमा समस्या हुदा भोजपुरको पावर हाउसले समेत काम गर्ने उनको भनाई छ, उनले ट्रान्सपोटेसनको समेत समस्या रहेको दाबी गरेका छन ,समस्या ठूलो नभए पनि कहाँ बिग्रीयो पत्ता लगाउन गाह्रो रहेको बताए।



प्रतिक्रिया




Top