ताजा समाचार


ट्रेन्डिङ :

विवाह भएको २४ वर्ष पछि ६ लाख सम्पत्ति लिएर श्रीमती फरार

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र ३०, बुधबार ०९:२२ मा प्रकाशित



 

सोलुखुम्बु . विवाह बन्धनमा बाँधिएको २४ वर्ष पछि ६ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फरार भएकी छन् । सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लु स्थायी घर भएका गोलु तामाङकी श्रीमती मन कुमारी तामाङ (बिक) विवाह भएको २४ वर्षपछि ६ लाख सम्पत्ति लिएर प्रेमीसँग फरार भएकी हुन् ।

पिडित भनिएका तामाङका अनुसार साहुबाट ६ लाख रुपैँया लिएर उपचार गर्न काठमाण्र्डौ गएकी थिइन । गत कात्तिक १ गते काठमाण्डौं गएकी उनी श्रावण २६ गते सम्म फोन गर्ने गर्थिन । अहिले फोन स्विच अफ गरेर बिक थर गरेका केटा सित पोईला गएकी पिडित भनिएका श्रीमान तामाङको भनाई छ । ३३ वर्षिय आफ्नी श्रीमती आफ्नै जिल्ला सोलु स्थित नेचामै बिक सित पोइला गएको सुन्दा समेत हालसम्म आफुले भेट्न र देख्न नसकेको अनलाइन आवाजसित गुनासो पोखे ।

घर व्यवहार, लिने दिने सम्पुर्ण घरको जिम्मेवारी श्रीमतीलेनै गर्ने गर्थिन । आफु ज्यामी काम गरेर अहिले सम्म ५० लाख कमाएको सम्पत्ति समेत श्रीमतीलाई नै जिम्मा दिएको तामाङको भनाई छ । तामाङकी बहिनी ज्वाई लाई श्रीमतीले म यो सित गएं भन्दै फोटो पठाउने भिडियो कलमा कुरा गर्ने गरेको समेत सुनाए । श्रावण २६ देखि फरार भए प्रश्चात तामाङले इलाका प्रहरी कार्यालय लूक्लामा गई आफ्नी श्रीमती खोजी गरिदिन निवेदन समेत दिएको उनको भनाई छ ।
२०६६ साल भदौ १८ मा विवाह दर्ता गरेका तामाङको प्रेम विवाह भएको थियो । हाल तामाङ खुम्बु पासाङल्हामु गाउँपालिका चौरी खर्कमा वसोवास गद्रै आएका छन् । ज्यामी काम गर्ने(जोक्पे) तामाङका १ छोरा र १ छोरी छन् । श्रीमती फरार भएपछि सम्पुर्ण नागरिकलाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया




Top