ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेल बजारमा बजाजको मोटरसाइकल मर्मत सेन्टरसहित शोरुम सञ्चालन

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र ३१, बिहीबार १०:५२ मा प्रकाशित



खोटाङ, ३१ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा खोटाङ अटो लिङ्क प्रालिले बजाज कम्पनीको मोटरसाइकल शोरुम सञ्चालमा ल्याएको छ । प्रदेश नम्बर–१ अन्तरगत पर्ने पूर्वी पहाडी जिल्ला खोटाङमा बजाज कम्पनीले बजाज सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध गराउने उद्देश्यले हालै शोरुम सञ्चालमा ल्याएको हो ।

दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालमा ल्याइएको बजाजको शोरुमले ग्राहकलाई मोटरसाइकलको स्पेयर्स, पाट्र्स तथा एसेसरिज खरिदका लागि सहज वातावरण बनाएको छ । बजाजले दिक्तेलमा शोरुम सञ्चालनमा ल्याएसँगै दशै अफरसमेत ल्याएको जनाइएको छ ।

दशैँ अफर अन्तरगत बजाजको मोटरसाइकल किन्नुअघि रु दश हजारसम्म छुट, किनिसकेपछि रु दश हजारदेखि एक लाखसम्म भाग्यसाली चिठ्ठा र मोटरसाइकल किनेपछि रु दश लाखको इन्सुरेन्ससमेत रहेको प्रा।लि।का सञ्चालक सरोज सँैजूले बताउनुभयो । यस्तै, डाउनपेमेन्टमा ३० प्रतिशत र अनपेमेन्टमा ० प्रतिशत ब्याजदरमा फाइनाइन्सको समेत सुविधा रहेको जनाएको छ ।

शोरुमा दैनिक सातजना कर्मचारीले चौबीसै घण्टा ग्राहकलाई सेवा प्रवाह गरिरहेको प्रा।लि।का अध्यक्ष धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । “मोटरबाइक बिक्री वितरण गर्नुका साथै मर्मत सेवासमेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “सामान्य किसिमको समस्या छ भने तत्काल मर्मत गरिने र जटिल किसिमका समस्या देखिएमा करीब दुई घण्टामै समाधान गरिनेछ ।”

अटो लिङ्क प्रा।लीले बजाज कम्पनीका सबै मोडलका मोटरसाइकल बिक्री तथा मर्मत गर्दै आइरहेको सञ्चालक सैँजूले बताउनुभयो ।



प्रतिक्रिया




Top