ताजा समाचार


ट्रेन्डिङ :

भोजपुरमा पौडी खेल्ने क्रममा डुबी १ बालिकाको मृत्यु

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन १, शुक्रबार १३:२३ मा प्रकाशित



दिप्रेन्द्र लुइटेल भोजपुर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ ।

हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको स्थानियबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटि गएको छ ।



प्रतिक्रिया




Top