ताजा समाचार


ट्रेन्डिङ :

संविधान दिवसको अवसरमा हलेसीमा दिप प्रज्वलन

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन ३, आईतवार १४:०७ मा प्रकाशित



टिवन राई हलेसी
भाद्र ३ । संविधान दिवसको अवसरमा हलेसीमा दिप प्रज्वलन गरीएको छ । हलेसीस्थीत मन्दिर प्राङ्गणमा आईतबार साझ हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, वडाध्यक्ष चइन्द्र राई, महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मर बहादुर भुजेल लगाएत कार्यालय प्रमुखहरुको बाहुलीबाट दिप प्रज्वलन गरीएको हो । नेपाल सरकारले भाद्र १७ गते संविधान दिवश मनाउने निर्णय गरेसँगै हलेसी तुवाचुङ नगरपालिकाले पनि दिप प्रज्वलन गरेर प्रत्येक वडा तथा सम्पूर्ण सरकारी कार्यालयमा संविधान दिवस मनाउने निर्णय गरेको थियो । सरकारले २०७२ साल असोज ३ गते संविधान जारी गरेको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउदै आएको छ । यही अबसर पारेर हलेसी तुवाचुङ नगरपालिकाले दिप प्रज्वल गरी उत्सव मनाएको हो ।



प्रतिक्रिया




Top