ताजा समाचार


ट्रेन्डिङ :

कोरोनामा अग्रपंक्तिमा खट्नेलाई गैससले सम्मान गर्यो

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन १६, शनिबार १२:५१ मा प्रकाशित



चिरञ्जीवी रिजाल
खोटाङमा कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यानको बाजी लगाएर अग्रपंक्तिमा खट्ने र उद्धार गर्नेलाई सम्मान गरिएको छ । गैर–सरकारी संस्था महासंघले कोभिड–१९ मा अग्रपंक्तिमा रहि खट्ने तथा उद्धार र सहयोगमा खटिएका जनप्रतिनिधि सहित दुई जनालाई सम्मान गरेको हो । ज्यानको मायाँ मारेर कोभिड विरुद्ध लागि परेका दिक्तेल १ का वडा सदस्य प्रकास कुमार श्रेष्ठ र युवा अभियान्ता कविराज रिजाललाई शुक्रबार ४२ औं सामाजिक सेवा दिवसको अवशर पारेर सम्मान गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, गैसस महासंघका संस्थापक जिल्ला अध्यक्ष एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईमार्फत ‘कोभिड हिरो’लाई दोसल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गरिएको गैर–सरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राईले बताए ।

सामाजिक सेवा दिवसको अवशरमा निजामती कर्मचारीबाट सेवा निवृत्त भएपछि घुंगारुको लट्ठी बनाउँदै ज्येष्ठ नागरिक र अपांगलाई निःशुल्क वितरण गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्यलाई पनि सम्मान गरिएको छ ।



प्रतिक्रिया




Top