ताजा समाचार


ट्रेन्डिङ :

हलेसीमा बिहिबारबाट सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगिता

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २१, बिहीबार १५:३७ मा प्रकाशित



हलेसी असोज २१ । खोटाङको हलेसीमा बिहिबारबाट सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । ॐ शिवशक्ति युवा समूह हलेसीको आयोजना तथा हलेसी महादेवस्थान विकास समिति र हलेसी तुवाचुङ नगरपालिका वडा नं.७ को प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । बडा दशै २०७८ को अवसर पारेर स्थानीय युवाहरुको सक्रियतामा प्रतियोगिता संचालन गरीएको क्लवका अध्यक्ष नविन श्रेष्ठले बताए । उनका अनुसार स्थानियस्तरमा खेलाडीहरुको उत्पादन साथै खेलक्षेत्रको विकासकालागि प्रतियोगिताको आयोजना गरीएको हो । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईको समुहबिच प्रतिस्पर्धा गरेर खेलको उद्घाटन गरीएको वडाध्यक्ष चइन्द्र राईले बताउनु भयो । २५ गते सम्म संचालन हुने खेलमा आयोजक सहित २० समुहले सहभागिता जनाएको छ । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्नेले क्रमश नगद रु.३० हजार र १५ हजारको साथमा प्रमाणपत्र र मेडल पाउने छ भने सेमिफाइनलिस्ट २ समुहले नगद रु.५÷५ हजार पाउने आयोजकले जनाएको छ ।



प्रतिक्रिया




Top