ताजा समाचार


ट्रेन्डिङ :

सुवास चाम्लिङ को नेतृत्वमा ७५ सदस्यीय युवा संघ नेपाल हलेसी तुवाचुङ नगर कमिटिको गठन

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २३, शनिबार १५:४० मा प्रकाशित



खोटाङ असोज २३ युवा संघ नेपाल हलेसी तुवाचुङ नगर कमिटिको इन्चार्जमा सुवास चाम्लिङ चुनिएका छन् । शनिबार दुर्छिममा सम्पन्न दोश्रो नगर अधिवेशनबाट राई सर्वसहमतिबाट चुनिएका हुन् । सह–इन्चार्जमा राजेन्द्र राई, अध्यक्ष धनकुमार भुजेल, उपाध्यक्ष लाल बहादुर राई चयन भएका छन् । त्यस्तै, सचिव किसन राई, सह–सचिव गणेश राई र कोषाध्यक्षमा सीता राउत सर्वसहमत चयन भएको पूर्व नगर इन्चार्ज सुवास राईले बताए । अधिवेशनले ३ सदस्य पछि थप्ने गरी ७५ सदस्यीय नगर कमिटिको निर्माण गरेको छ । नवगठित नगरकमिटिका पदाधिकारीहरुलाई खेलकुद महासंघ नेपालका अध्यक्ष रमेश पौडेलले कतै नचुकी र नझुकी सिर्जनशील ढंङ्गबाट अगाडी बढ्न आग्रह गरेका छन् । नगर अधिवेशनका प्रमुख अतिथि समेत रहेका पौडेलले सम्पूर्ण युवाहरुलाई गोलबद्ध हुँदै आयमुलक काममा लाग्न सुझाएका छन् । त्यस्तै युवाहरु राष्ट्रका शक्ति भएकोले खेलकुदको माध्यमबाट समाज परीवर्तनमा लाग्नु पर्ने भन्दै सफल कार्यकालको शुभकामना दिएका छन् । नेकपा एमाले प्रदेश कमिटि सदस्यद्धय खडेन्द्र राई र सुरेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवम् जिल्ला सचिवालय सदस्य दिप नारायण रीजाल उपमेयर एवम् प्रदेश कमिटि सदस्य विनादेवी राई लगाएतले नव गठित कमिटिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।



प्रतिक्रिया




Top