ताजा समाचार


ट्रेन्डिङ :

खोटाङमा एमाले प्रवेश गर्नेको लर्को,एकैदिन १०८ जना प्रवेश

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २५, सोमबार १५:३७ मा प्रकाशित



खोटाङ
नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लर्को दिनानुदिन बढ्न थालेको पाईएको छ । नेकपा एमाले रावाबेंशी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरी १०८ जना एकै दिन एमालेमा प्रवेश गरेका हुन् ।
वडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य, प्रमुख सचेतक तथा खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरेका थिए । प्रवेश गर्नेहरुमा नेपाल तरुण दलका नेता सन्जिव मगर, कांग्रेसको खार्पाका वडा सचिव जिवन तामाङ, स्थानीय निर्वाचनमा लामिडाँडाका वडा सदस्यका प्रत्यासी जसपा नेता कुमार श्रेष्ठ, स्थानीय निर्वाचनमा डुम्रेधारापानीका वडा सदस्यका प्रत्यासी कांग्रेसका नेता ईन्दिरा कुमारी निरौला हुन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले भने एमाले पार्टीले मात्रै देशको विकासको मुल ढोका खोल्ने बताए । आम नागरिकको मनमा बस्ने पार्टी एमाले मात्रै हो बन्ने कथन सत्य सावित हुँदै गएको उनको भनाई छ ।


भ्रष्ट्रचार र कमिसनका लिप्त भएको परामादेशको सरकारबाट कुनै आशा लाग्दो काम नदेखेपछि आफुहरु एमालेमा प्रवेश गरेको नवप्रवेसीको भनाई छ । देशको भविष्य एमालेकै हातमा रहेको आजको दिनमा सत्य सावित हुँदै आएको नवप्रवेशीको भनाई हो ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रदेश सदस्य हरिकुमार पोखरेल, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य उषाकला राई, पार्टी अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, पार्टी सचिवालय सदस्य दीपनारायण रिजाल, विणादेबी राई, सचिवालय सदस्य लिलानाथ निरौला, महिला नेतृ समला राई लगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया




Top