ताजा समाचार


ट्रेन्डिङ :

गाउँमा दशैं आयो रहर कि बाध्यता !

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २५, सोमबार १३:४७ मा प्रकाशित



दिवस रिजाल
दशैं नेपालीहरूको प्रमुख चाडका रुपमा मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं नवरात्र हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म नवरात्रभर शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका (प्रसाद ग्रहण) र विशेष रुपमा पुर्णिमा सम्म प्रसाद ग्रहणका लागि नेपालीहरुले दशैं मनाउने गर्छन् ।
नेपाली समाजमा मानिशहरु दुई किसिमका हुन्छन् । एउटा धनी मान्छे अनी अर्को गरीब मान्छे । धनी र गरिबको दशैंमा धेरै अन्तर पाईन्छ । धनीले हर्षेलासका साथ दशैं मनाउँछन् भने गरिबले साधारण तरिकाले मनाउने गर्छन् । कुनै गरिब परिवारले आफ्ने गच्चे अनुसारको मनाउँछन् त कसैले आफ्नो औकात भन्दा माथि उठेर दशैं मनाउने गरेको नेपाली समाजमा प्रशस्त उदाहरण पाईन्छ । हामीले अहिलेको दशैं मनाउँदा (आफ्नो घाँटि हेरेर हाड निल्नु पर्छ) भन्ने कथनलाई आत्मासाथ गद्रै दशैं मनाउनुनै सर्वोत्कृष्ट दशैं सावित हुन्छ ।
मेरो बालकालको सबैभन्दा रमाइलो चाड थियो दशैं । म गाउँमा हुर्केको गाउँले व्यक्ति गाउँको दशैँले मेरो पुरानो स्मृतिलाई झलकाईरहेको छ । यदाकदा आमा भन्नु हुन्थ्यो यो चाड किन आउँछ ? म त्यति बेला सोच्थेँ यति रमाइलो चार्डपर्वलाई आमा किन गाली गर्नुहुन्छ । अहिले बुझ्दै छु गरिबी र अभावको कारण आमाको मुखबाट यी वाक्य निस्केका रहेछन् भनेर । त्यतिबेला दशैं राम्रो लाउने मिठो खाने चाडको रुपमा बुझेको थिएँ । आमा दशैंमा नयाँ कपडा ल्याइदिनु हुन्थ्यो र त्यो मेरो सायद वर्षभरि लाउने अरु नयाँ कपडा किनिँदैनथ्यो ।
गाउँघरमा दशैं भित्रने वित्तिकै घरलाई सुन्दर बनाउन रातो माटोले लिपेको भित्तामा सेतो माटो र कालो माटोको पेटी बनाइन्थ्यो। झयाल ढोकाको वरिपरि गन्धे फूल कमेरोमा चोपेर फूल बनाउने चलन पनि थियो ।
विदेश गएका आफन्तहरुलाई यही दशैंले आफ्नो जन्मभुमी बोलाउँछ । साथी भाइ,इष्टमित्र सँगको भेटघाट प्रकृति पूजा, दशैंको सकारात्मक पक्ष भए पनि बलि प्रथा, फजुल खर्च देखासिकी दशैंको नराम्रो पक्ष हो । दशैंले ऋण बोकाएर जान्छ भने बहिष्कार नै सही छ । तर चार्डपर्वमा राजनीति रुचिकर विषय होइन। दशैं वहिष्कार गर्ने अत्यधिक मदिरा सेवन गर्ने बानी बहिष्कार नगर्ने हो भने दशैंको कुनै तुक छैन । त्यसैले अब आदिवासी जनजातिले दशैं बहिष्कार किन बहिष्कार गर्छन् भन्ने कुरा तल्लो स्तरमा व्यापक छलफल चलाउनु जरुरी छ । इतिहासका तथ्यगत पाटा केलाएर निर्णय गर्नुपर्छ । राज्यले पनि सबै जातजातिको धर्मसंस्कृतिलाई समान मान्यता दिनुपर्छ ।



प्रतिक्रिया




Top