ताजा समाचार


ट्रेन्डिङ :

खोटेहाङमा बन्यो आकर्षक लोहोकिल पार्क

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २६, मंगलवार १४:५० मा प्रकाशित



खोटाङ ।

खोटेहाङ गाउँपालिका–८ सिमपानीमा उत्कृष्ट एवं आकर्षक लोहोकिल पार्क निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम, गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदानबाट निर्मित पार्क प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले उद्घाटन गरेका हुन् ।


उक्त पार्क निर्माण सम्पन्न गर्न कुल २४ लाख २९ हजार ७०६ रुपैयाँको खर्चमा खोटेहाङलाई थप पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने उद्देश्यले निर्माण गरिएको पालिकाका अध्यक्ष प्रदिप राईले जानकारी दिए । २०१६ सालमा बनेको पुरानो पोखरी सिमपानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा उक्त पार्क निर्माण गरिएको उनले बताए ।
पार्क निर्माणार्थ स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको ७ लाख ५० हजार बजेट खर्च गरिएको पालिकाले जनाएको छ । यस पार्कलाई उपभोक्ता समितिका अध्यक्ष नितेश खड्काको अध्यक्षतामा सम्पन्न पारिएको हो । पार्क उद्धघाटन कार्यक्रममा अध्यक्ष राई, उपाध्यक्ष कविता राई, एमालेका जिल्ला कमिटि सचिवालय सदस्य राजन बञ्जरा, पुर्व गाबिस अध्यक्ष दिपबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया




Top