ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेलबारी नोभे टोलकी उत्कृष्ट बुहारीमा रञ्जु रिजाल

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २६, मंगलवार १२:२८ मा प्रकाशित



दिक्तेल

दिक्तेलबारी नोभे टोलकी उत्कृष्ट बुहारीमा रञ्जु रिजाल छनौट भएकी छन् । दिक्तेलबारी नोभे टोल सुधार समितिद्धारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सम्पुर्ण विद्याबाट उत्कृष्ट बुहारीको भुमिका निर्वाह गरेको भन्दै रञ्जु रिजाललाई सम्मान सहित उत्कृष्ट बुहारीमा छनौट गरेको हो ।
बडा दशैंको अवसर पारेर मंगलबार सुधार समितिले वडा अध्यक्ष टंक प्रसाद आचार्यको प्रमुख अतिथिमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा २३ जना ज्येष्ठ नागरिक (महिला पुरुष) दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसका साथै स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गादाता हरिप्रसाद आचार्य र नेवार समुदायको खाजा खुवाउने पाटी निर्माणको लागि रत्न प्रसाद आचार्यलाई प्रमाण पत्रका साथमा सम्मान गरिएको सुधार समितिका अध्यक्ष सुमन आचार्यले जानकारी दिए । सुधार समिति भित्र पर्ने युवा वर्ष प्रावीका शिक्षकद्धय शोमप्रसाद आचार्य र खडानन्द आचार्यलाई समेत सम्मान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।


यसैगरी सोही विद्यालयमा अध्यनरत विवेक रिजाल र जेनिशा राईलाई समेत विद्यालयमा उत्कृष्ट अंक ल्याउएको भन्दै स–धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । साँसकृतिक रुपमा सम्पन्न कार्यक्रममा वालवालिकाको लागि चकलेट दौड,महिलाको लागि म्युजिकल चियर,पुरुषको लागि रुख चढि भाले झिक्ने खेल र अभिवावकको लागि हण्डिफोर कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।


उक्त कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति तथा दिक्तेल–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ सहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिका साथमा चियापान कार्यक्रम सम्पन्न भएको थियो ।

 

 



प्रतिक्रिया




Top