ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेल बजार सडक ढलानमा लापरवाही, सम्वन्धित निकाय मुकदर्शक

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन २६, मंगलवार ०४:४० मा प्रकाशित



जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार सडक ढलानमा लापरवाही गरिएको पाईएको छ । दैनिक आवात जावात हुने दिक्तेल बजार क्षेत्रकै सडक ढलानमा लापरवाही भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकासित हुँदा पनी सम्वन्धित निकाय मुकदर्शक भएर बसेको हो ।
दिक्तेलबजारमै सडक ढलानका क्रममा स्टीमेट विपरित रड राखेर ढलान गरेको पाईएको छ । बजारको सडक ढलानकालागि सडकको चौडाईमा १२ एमएमको रड १०÷१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने स्टीमेट छ । अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको स्थानियले बताएका छन् । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् ।
हालसम्म ढलान भइरहेका सडकमा स्टीमेट अनुसार रड राखेरनराखेको विषयमा सम्वन्धित निकाय मुकदर्शक जस्तै गरेर वसिरहेको स्थानियको आरोप छ । कतिपय स्थानिय समेत मौन देखिएका छन् । सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्जिनियर विनोद सिंले भने सडकको रड एकरदुई इन्च तलमाथि हुनु स्वभाविक भएको बताए । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २०७८ १० असारमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै,सडकको ढलान नसुक्दै बाईक गुडाउन थालिएको छ । दिक्तेल बजार ढलान नसकिँदै या सडक ढलान नसुक्दै बाईक गुडाउन थालिएको हो । सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने सुर्य विकास जेभी लहानले ठेक्का लिएका थियो ।
ढलान भएको चौविस घण्टा नवित्तै ढलानमाथि बाईक गुडाइरहँदा निर्माण कम्पनी, स्थानीय सरकार र सघन शहरी विकास तथा भवन निर्माण आयोजना मुक दर्शक भएर बस्दा ढलान निर्माणमा प्रश्न चिन्ह् खडा भएको छ ।



प्रतिक्रिया




Top