प्युठानमा थप चारजनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७३ पुग्यो

९ असार, प्युठान । प्युठानमा थप चारजनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा प्युठानका थप चारजनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए । आज थपिएका सबै संक्रमित स्वर्गद्वारी नगरपालिकाका हुन।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या १७३ पुगेको छ ।

सम्बन्धित सबै

Back to top button
Close