मोहन निरौलाको निर्देशन तथा प्रम ओली द्वारा रचित “स्वदेशमै रोजगारी” गीतको भिडियो सार्वजनिक

९ असार, काठमाडौं । युवा नेता रमेश पौडेलको संयोजनमा किरण कृयशनद्वारा निर्माण गरिएको “समृद्ध नेपाल सुखी नेपाली” एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओली द्वारा रचना गरिएको गीत “स्वदेश मै रोजगारी……” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल चलचित्र कलाकार संघको सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गर्नु भएको छ । उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ, भने प्रधुम्न मिश्रले दृश्यलाई क्यामेरामा कैद गर्नु भएको छ । शान्तिराम राईको संगीतमा, शान्तिराम राई र मेलिना राईले गाउनु भएको गीतको भिडियोलाई किरण कृयशनले बजारमा ल्याएको हो ।

गीतकार के पि शर्मा ओलिले गीतमा ब्यक्त गर्नु भएको भाव अनुसार गीतको भिडियो निर्माण गरिएको बताउदै वरिष्ठ निर्देशक निरौलाले समृद्ध नेपाल निर्माणको लागि प्रधानमन्त्रीको योजना अनुसार सम्पुर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन आभ्ह्वान गरिएको बताउनु भयो ।

मोहन निरौला, रबिन्द्र खड्का, पवित्रा आचार्य,चेत ब.सिंह “राजा”, रामेश्वर बुर्लाकोटी, आशा भुसाल, प्रकृति के सी, रमेश पौडेल,उद्धब भट्टराई, गोपाल ढकाल,जीवन थापा,सुनिल कटुवाल लगायतको अभिनय र बिनिद बमको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक भएको हो ।

भिडियो लिङ्क : https://youtu.be/o5pHoqHO3Z0

सम्बन्धित सबै

Back to top button
Close