पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २१ जना महिलासहित १ सय ३ जनामा संक्रमण देखिएको हो । यो सँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ ।

सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् । रौतहटमा ४४ जना, धनुषामा २० जना, सर्लाहीमा २१ जना, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सबै

Back to top button
Close