दामेचौर , तसर्पु-महादेवबेसी सडक निर्माण कार्य धमाधम सुरु

धादिङ १४ असार । धादिङको थाक्रे गाउँपालिका वडा नं- ५ दामेचौर ,तसर्पु, महादेवबेसी सडक निर्माण कार्य धमाधम सुरू भइरहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारबाट बिनियोजित ५० लाख रकमबाट दामेचौर ,तसर्पु, महादेवबेसी सडक निर्माण कार्य भइरहेको थाक्रे गाउँपालिकाकी सदस्य रजनी लामाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाबाट उक्त सडक निर्माणका लागि थप १ करोड रुपैयाँ छिट्टै प्राप्त हुने र सो रकमले सडक निर्माणमा थप टेवा पुग्ने समेत सदस्य लामाले जानकारी दिनुभयो ।

सदस्य लामाले सडक निर्माणमा सहयोग गर्नुहुने अनुगमन समिति, उपभोक्त समिति लगायत स्थानीय स्तरमा रहेर सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सबै

Back to top button
Close