झरीले रोकेन युवालाई, बिर्तामोडमा प्रर्दशन (फोटो फिचर)

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । बिर्तामोडको मुक्तिचोक वरपर भेला युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।

क्वारेन्टिनलाई जोखिममुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि उनीहरुले माग राखेका थिए । झापाका विभन्न स्थानबाट स्वतस्फूर्त भेला भएका युवाहरुले मौन जुलुस आयोजना गरेर आन्दोलनको रुवरुप लाई सभ्य र मर्याधित बनाएका थिए । फोटो : शरद जोशी 

सम्बन्धित सबै

Back to top button
Close