श्रम स्वीकृति खुल्यो

१८ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले रोकिएको वैदेशिक रोजगारका लागि श्रम स्वीकृति बिहीबारबाट सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को असार १५ गते बसेको बैठकले वैदेशिक रोजगारीमा श्रम स्वीकृति दिने निर्णय गरेको हो।

मन्त्रालयले उक्त निर्णय अनुसार बिहीबार पत्राचार गर्दै श्रम स्वीकृति दिन निर्देशन दिएको हो।

कार्यालयमा पुन: श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

कोभिड–१९ व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो ।

सम्बन्धित सबै

Back to top button
Close