विभिन्न बहुमूल्य धातु जस्तो देखिने पत्थरसहित पक्राउ

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाउस्थित सडकबाट विभिन्न धातुजन्य पत्थरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–३ धापासी बस्ने सुनसरी धरान महानगररपालिका–१६ घर भएका ३९ वर्षीय विक्रम सिंह चौधरी र टोखा नगरपालिका–१० बस्ने गोरखा धार्चे गाउँपालिका–६ घर भएका २३ वर्षीय सुरेश घले रहेका छन् ।

उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो रंगको धातुमा हिरा जस्तो देखिने पत्थर ठूलो १ थान, सानो पत्थर १९ थान, नीलम जस्तो देखिने पत्थर १३ थान, पन्ना जस्तो देखिने पत्थर १९ थान र रुबी जस्तो देखिने पत्थर २२ थान बरामद भएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा७७प ८५८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पत्थरसहित फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित सबै

Back to top button
Close