रावाबेंसीका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङ, असार २६ भारत तथा तेश्रो मुलुकबाट आएका खोटाङको रावाबेँसी गाउँपालिकाका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेको अवस्थामा लकडाउन भएपछि घर आएका सात स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । सात जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको थियो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाबाट थप २७ जनाको पिसिआर परिक्षणका लागि स्वाव परिक्षणमा पठाइएको छ । विभिन्न देशबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र साकेला गाउँपालिकाका ७ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बुधबार र साकेला गाउँपालिकाबाट बिहिबार स्वाव संकलन गरेर परिक्षणमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सम्बन्धित सबै

Back to top button
Close