योजना फस्र्यौट गर्न किर्ते कागज पेशगर्दा प्रअको पदै गयो

दिवस रिजाल, असार २९ खोटाङ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिका प्रअ रत्नकुमार बस्नेतले किर्ते कागजात पेश गरेर योजना फस्र्यौट गर्न खोजेपछि प्रअ पदबाट हटाईएको खबर प्राप्त भएको छ । प्रअ बस्नेतले प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको अन्र्तगत विद्यालयको टेवा पर्खाल बनाउने योजना फस्र्यौट गर्न किर्ते गरेका बताइएको छ ।
उनले विद्यालयको टेवा पर्खाल निर्माणका लागि आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम खोटाङ प्रदेश नं २ कातर्फबाट विनियोजित १० लाख रकम फस्र्यौट गर्न ‘फेक डकुमेन्ट’ पेश गरेका थिए । ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर फस्र्यौटका लागि समावेश गरेर गाउँपालिकामा आवेदन दिएका थिए ।
दिप्रङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राइका अनुसार योजना फस्र्यौटका लागि असार २२ गते पेश परेको कागजात अध्ययन गर्दा विद्यालयको टेवा पर्खालको सट्टा सडकको जाली हालिएको पर्खालको तस्बिर समावेश गरेको बताएका छन् । उनले भने किर्ते कागजात पेश गरेर प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट फस्र्यौटको प्रयास गरेको खुलेपछि गाउँपालिकाले प्रअ बस्नेतलाई पदबाट हटाएको बताए । गाउँ शिक्षा समितिको सिफारिसका आधारमा गाउँपालिकाले आईतबारदेखि लागू हुने गरी प्रअ बस्नेतलाई पदबाट हटाउने निर्णय गरेको हो ।
योजना फस्र्यौटका लागि नक्कली कागजात पेश गरेको खुलेको आधारमा गाउँपालिकाले असार २५ गते बस्नेतलाई लिखित स्पष्टीकरण समेत सोधेको थियो । स्पष्टीकरणको जवाफमा बस्नेतले आफुबाट कमजोरी भएको स्वीकार गरेपछि शिक्षा समितिको असार २७ गतेको बैठकले शिक्षा ऐन र नियम विपरित खराव आचारण गरेकाले गाउँपालिकाको शिक्षा ऐन २०७७ को दफा ५० को उपदफा ५ बमोजिम प्रअ बस्नेतलाई पदबाट निस्कासन गर्न सिफारिस गरेको अध्यक्ष राइले जानकारी दिए ।
प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेटले विद्यालयमा केही काम गरिए पनि तोकिए अनुशारको काम नभएको बताइएको छ । तोकिए अनुसारको काम नभएकै कारण असार मसान्तमा झुक्याएर योजना फस्र्यौट गर्न खोजेको अनुमान गरिएको छ ।

सम्बन्धित सबै

Back to top button
Close