९ लाख ३४ हजार घुससहित सिंचाइ डिभिजनका प्रमुख श्रेष्ठ रङ्गेहात पक्राउ

अख्तियारको निसाना खोटाङमा

दिवस रिजाल, असार ३० खोटाङ्ग ।
जलश्रोत तथा साना सिंचाई डिभिजन कार्यालय दिक्तेल खोटाङ्गका प्रमुख नारायणकाजी श्रोष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात सहित आज कार्यालयबाट प्रक्राउ गरेको छ । सेवाग्राहीबाट नौ लाख ३४ हजार घुस लिदै गरेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई कार्यकक्षबाटै अनुसन्धान टोलीले पक्राउ गरेको हो ।
अख्तियारको टोलीले घुसलिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए । उनले भने कार्यकक्षबाटै श्रेष्ठको साथमा अन्य श्रोत नखुलेको रु ९९ हजार ५०० पनि जफत गरिएको बताइएको छ ।
श्रेष्ठले सिंचाई आयोजनाको रकम प्रदेश सरकारबाट निकासा हुनढिलाई भैरहेको भन्दै अधिकांशसँग छिटो निकासा लागि माथि रकम तिर्नु पर्ने भन्दै बाराम्बार बाग्रेलिङ्ग गरिरहेको सेवाग्राहीले गुनासो पोखेका थिए ।
रङ्गेहात पक्राउ परेका कार्यालय प्रमुख श्रेष्ठलाई अख्तियारको टोलीले मङ्गलबार नै काठमाडौँ लगेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । केन्द्रबाट आएको अख्तियारको टोलीलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीले सुरक्षाको व्यवस्था मिलाएको थियो ।

सम्बन्धित सबै

Back to top button
Close