खरको छानो भएका २ हजार ३ सय ८८ घरलाई अब निशुल्क जस्तापाता

अति बिपन्न असाहायको साहारा बन्दै नेपाल सरकार

दिबस रिजाल असार ३१ खोटाङ

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खोटाङमा २ हजार ३ सय ८८ घरमा अब निशुल्क  जस्तापाता लगाइने भएको छ ।

जिल्लाका उक्त घरधुरीमा खर वा फुसको छाना बिस्थापित गरी जस्तापाता लगाइने भएको हो। नागरिक आवास कार्यक्रम अन्तर्गत  अति बिपन्न, असहाय , असक्त , बृद्धबृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाइ प्राथमिकता राखेर उक्त घरधुरी लाई जस्तापाता बापतको रकम उपलब्ध गराइने प्रतिनिधि सभा सासद विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार  तीनवर्षभित्र जिल्लाका सबै घरबाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने साथै लाभान्वित घरधुरीलाई  जस्तापाता खरिद बापतको रकम ५० हजार उपलब्ध गराउने बताए ।

 

सम्बन्धित सबै

Back to top button
Close