श्रीमतीको हत्या गर्ने कोइराला छुटेपछि, प्रधानन्यायधीश माथि महाअभियोग लगाउन सासंद भट्टराईको माग

अनलाइन आवाज संवाददाता, खोटाङ

श्रीमती गिता ढकालको ज्यान लिएको अभियोगमा सर्बस्व सहित जन्दकैद भुक्तान गर्दै आएका पूर्वडीआईजी रञ्जन कोइराला ८ बर्ष पछी नै रिहा भएपछी प्रधानन्यायधीश माथि महाअभियोग आउन सक्ने संकेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवं सांसद विशाल भट्टराईले जनाएका छन् ।
सासंद भट्टराईले बिहीबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत स्टा्टस लेख्दै अदालतप्रति पुरापुर सम्मान रहे पनि रञ्जन कोइराला प्रकरणमा सर्वोच्चले दिएको फैसलाप्रति घोर आपत्ति जनाएका थिए । उनका अनुसार पत्निको बिभत्स हत्या गरेर काराबास ब्यतित गरिरहेका ब्यक्तिलाइ बच्चाको रेखदेखको बाहानामा झिनो आसा देखाएर छुटकारा दिने फैसला आपत्तिजनक रहेको बताएका छन ।
प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु भनेको न्यायालयको विश्वास र गरिमा ध्वस्त पार्नुका साथै कानूनको खिल्ली उडाउनु जस्तै भएको सासंद भट्टराईको आरोप रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी समेत रहेका कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार रिहा भएका हुन ।

सम्बन्धित सबै

Back to top button
Close