वाणिज्य महासंघको केन्द्रिय सदस्यमा खोटाङबाट राजेन्द्र लयालुको उम्मेद्वारी घोषणा

दिवस रिजाल, साउन ९ खोटाङ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा खोटाङबाट व्यवसायी राजेन्द्र लयालुको उम्मेदवारको घोषणा भएको छ । आगामी साउन २६ र २७ गते काठ्माण्डौंमा हुन लागेको वाणिज्य महासंघको निर्वाचनका लागि लयालुलाई उम्मेद्वार घोषणा गरेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राइले बताएका हुन् ।
खोटाङका निवर्तमान अध्यक्ष समेत रहेका लयालुले जिल्ला नगर उद्योग बाणिज्य संघकातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको खुलातर्फ केन्द्रीय सदस्यमा आफुले उम्मेद्वारी दिने घोषणा गरेको बताए । उनले भने निजी क्षेत्रको हक अधिकार सुनिश्चित गर्दै समय सापेक्षा बनाउने प्रयास र पहलका लागि वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिइएको बताए ।
सामाजिक व्यक्तीत्वको छवी बनाएका लयालुलाइ बाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी गराउनका लागि उद्योग बाणिज्य संघ खोटाङले प्रचार प्रसार सुरु गरिसकेको महासघंले जनाएको छ ।
आगामी साउन २६ र २७ गते काठ्माण्डौंमा तय भएको वाणिज्य महासंघको निर्वाचन भने केही समयका लागि सर्ने भएको बताइएको छ ।

सम्बन्धित सबै

Back to top button
Close