दिक्तेलको सोल्माबाट बालबालिकाको लागि खुवाइने रोटा खोप शुभारम्भ

उच्च शिशुमृत्युदर घट्ने चिकित्सकको दाबि

दिवस रिजाल, साउन १० खोटाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं दुई स्थित वडा स्वास्थ्य केन्द्र सोल्मामा  बालबालिकाकोलागि खुवाइने रोटा खोपको शुभारम्भ भएसंगै आज बाट सञ्चालनमा आएको छ ।
दुई वर्ष मुनिका बालबालिकाको लागि विशेष झाडापखालाबाट बच्नको लागि ६ हप्तामा पहिलो चोटी र अर्को चोटी १० हप्ताको विचको अन्तरालमा खुवाइनु पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थराज आचार्यले बताए । उनका अनुसार पोलियो थोपा जस्तै मुखबाट खुवाइने भएको हुनाले यस रोटा भाइरसले झाडापखाला बच्न विशेष भुमिका खेल्ने बताए ।
नगरप्रमुख दिपनारायण रिजालले सोल्मा स्थित आमा सबिना राईको बच्चा पुर्वराज राईलाई आफ्नो काखमा लिएर रोटा खोप खुवाएर शुभारम्भ गरेका थिए । उनले भने नगरपालिकाका सबै वडाबाट सञ्चालनमा आउने रोटा खोप नगरपालिकाका करिब १५ सय बालबालिका यो खोपबाट लाभान्वित हुने वताए ।
यस्तै नगरपालिका वडा नं २ सोल्माका वडाअध्यक्ष हर्कबहादुर खत्रिका अनुसार कतिपय बालबालिकाको झाडापखालाबाट मृत्यु हुने भन्दै आउने दिनहरुमा दुई वर्षमुनिका बालबालिकाहरुलाई यो खोपले मात्रृशिशु मृत्युदर नियन्त्रण गर्न सहयोग गर्ने बताए ।
नगरपालिकामै पहिलो पटक यो खोपको शुभारम्भ गरिएको छ । नगरपालिकाको विशेष पहल र भुमिकाबाट रोटा खोप सञ्चालन आए संगै जिल्लामा बालबालिकालाई लगाउने खोपको संख्या 12 पुगेको छ ।

सम्बन्धित सबै

Back to top button
Close