जुम्ल्याहा बच्चा जन्म दिएकी सुत्केरीको रक्तश्रावका कारण हेलीकोप्टरमार्फत उद्धार

दिवस रिजाल, साउन ११ खोटाङ
जुम्ल्याहा बच्चा जन्म दिएकी सुत्केरीको अधिक रक्तश्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आइतवार हेलीकोप्टरबाट उद्धार गरिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका –५ सछितापोखरीकी रेनुका वन गिरीलाई आईतबार हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइएको हो । सछितापोखरी बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिए पनि रक्तश्राव नरोकिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र वान हर्टको सयुंक्त प्रयासबाट उद्धार गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जनाएको छ ।
उपचारको क्रममा प्रशुति गृह थापाथली पठाइएको र हाल दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत उद्धार गरिएको जनाइएको छ ।

सम्बन्धित सबै

Back to top button
Close