खोटाङका 32 जनाले पाए वैदेशिक रोजगार छात्रवृत्ति


दिवस रिजाल, साउन ११ खोटाङ ।

खोटङका वैदेशिक रोजगारीको शिलशिलामा गएर मृत्यृ भएका, पूर्ण रुपमा अशक्त भएका नेपाली श्रमीकका छोराछोरीलाई शैक्षिक छात्रवृति प्रदान गरिएको छ । श्रम स्विकृती लिएर विदेश गएका र करार अवधीमा मृत्यु , अङ्गभंग अशक्त र वेपत्ता भएका परिवारका 32 जनालाइ २०७६।७७ का लागी शैक्षिक छात्रवृत्ति प्रदान गरिएको हो ।
वैदेशिक रोजगार बोर्डले पिडित परिवरका कक्षा एक देखी कक्षा आठ सम्म रु आठ अजार र नौ देखी कक्षा बाह्र सम्म पढ्नेलाई बाह्र हजारका का दरले हरेक बर्ष छात्रवृत्ति प्रदान गरिरहेको छ ।
खोटाङ जिल्लामा ३७ जनाको नाम छनोटमा परेको भएपनि ५ विद्यार्थी सम्पर्क विहिन भएकोले उनीहरुको नाममा आएको छात्रवृतिको रकम वैदेशिक रोजगार बोर्डमा नै फिर्ता पठाइएको शिक्षा विकास तथा समन्वय इकाइले बताएको छ ।
वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ बमोजिम प्रदान गरिने छात्रवृत्ति हरेक वर्ष प्रदान गद्रै आइरहेको छ ।
सामी परियोजनाले आप्रवासी स्रोत केन्द्रमा सम्पर्कमा आएका विद्यार्थी र अभिभावकलाइ आवस्यक कागजपत्र संकलनमा सहयोग गरि जिल्ला शिक्षा समन्वय इकाइमा पेश गर्न सहजिकरण गर्दै आइएको छ । साथै यसरी प्रदान गरिने छात्रवृत्तिको सुचना परियोजना अन्तर्गतका समाुदाय स्तरका विभिन्न कार्यक्रम , विद्यालय, तथा पालिकामा जानकारी गराइ सम्बन्धीत परिवार सम्म पुर्याउने अभियान सामी परियोजनाले गरिरहेको छ ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकार विचको द्धिपक्षिय सम्झौता बमोजिम हेल्भेटास नेपालको प्राविधिक सहयोेगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका , खोटेहाङ गाउँपालिका को नेतृत्व र बाल सेवा समाज नेपालको सहजिकरणमा खोटाङ जिल्लामा सामी परियोजना संचालनमा आएको सामी परियोजनाका कार्यक्रम संयोजक ओजाेन बाबु  आचार्यले जानकारी दिए  l

सम्बन्धित सबै

Back to top button
Close