बुद्धशान्तिको हडिया खोलाले डुबाएर ३ वर्षिया मौषमको ज्यान गयो

चन्द्रकान्त वाग्ले, साउन १३ झापा ।

बुद्धशान्ति गाउँपालिका ३ स्थित हडिया खोलामा मंगलबार बिहान १० बजे डुबेर ३ वर्षिय बालकको ज्यान गएको छ । खोलाको डिलैमा घर भएका महेश राई र माया राईका छोरा मौषम राईको खोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज युवराज राईले बताए ।
खोलामा डुब्दै गरेको अवस्थामा देखेपछि त्यहाँबाट स्थानीयले निकालि बुधबारे स्थित लिभिङ होप हस्पिटलमा उपचारको लागि ल्याउँदा ल्याउँदै सो बालकको ज्यान गएको परिवारले जानकारी दिएका छन् ।

सम्बन्धित सबै

Back to top button
Close