एक वर्षमा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन

९० प्रतिशत भन्दा बढी साना करदाताबाट राजश्व सङ्कलन

दिवस रिजाल, साउन १५ खोटाङ ।
करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६÷०७७ मा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ । आयकर, मुल्य अभिबृद्धि कर, अन्तः शुल्क र अन्य सेवा बापतको खोटाङमा करदाता सेवा कार्यालयले राजश्व संङ्कलन गरेको हो । गत साउनमा रु दुई करोड ५५ लाख ५५ हजार, भदौमा रु ३८ लाख २७ हजार, असोजमा रु ५६ लाख ५७ हजार, कातिकमा रु ६२ लाख आठ हजार, मङ्सिरमा रु ६० लाख ८५ हजार, पुसमा रु एक करोड १९ लाख चार हजार राजश्व सङ्कलन भएको करदाता सेवा कार्यालयले जनाएको छ ।
यस्तै, माघमा रु एक करोड ७७ लाख ९७ हजार, फागुनमा रु ७४ लाख ५१ हजार, चैतमा रु ३८ लाख ४४ हजार, वैशाखमा रु ७४ लाख ४७ हजार, जेठमा रु एक करोड १५ लाख ७४ हजार र असारमा रु चार करोड एक लाख २६ हजार राजश्व सङ्कलन भएको करसेवा कार्यालयका कर अधिकृत गोपाल राइले जानकारी दिए ।
करिब ९० प्रतिशत भन्दा बढी साना करदाताबाट राजश्व सङ्कलन भएको खोटाङमा कोभिड–१९ को असरका कारण राजश्व सङ्कलनमा समेत असर परेको घर अधिकृत राईले बताए । उनले भने यस आर्थिक वर्षमा पाँच हजार ९२० ले वर्ष आयकर, मुल््यअभिबृद्धि कर, अन्तशुल््क, पि–प्यान र डिडिएस दर्ता गरेको बताए ।
करदाता सेवा कार्यालयले २०७५ साल चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा शुभारम्भ गरेको हो । दिक्तेलमा कार्यालय सञ्चालन भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पर्ने लाहान पुग्नुपर्ने बाध्यता अन्त्य हुनुका साथै कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर, अन्तशुल्क इजाजत तथा नविकरण, कर सङ्कलन, करदाताको बिबरण संशोधन लगायतका सेवा प्रवाह समेत गर्दै आएको छ ।

सम्बन्धित सबै

Back to top button
Close