शहीद मनोज,झपेन्द्र स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली, शहीदको परिवारले अझै पायन्न क्षतिपुर्ति

शहीदको परिवारले अझै पायन्न क्षतिपुर्ति

दिवस रिजाल, साउन १५ खोटाङ
२९ औं शहीद मनोज,झपेन्द्र स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
दिक्तेलको अस्पताल चौकमा रहेको मनोज प्रतिमा स्थलमा आज मनोज स्मृती प्रतिष्ठान खोटाङ, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती)को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
श्रदाञ्जली सभामा उपस्थित भएर शहीद मनोजको प्रतिमालाई फुल मालाले माल्यार्णपन गरेर आफ्नो मन्तव्य राख्दै वक्ताहरुले शहीदको परिवारले अझै पनि उचित किसिमको क्षतिपुर्ति, राहत पाउन नसकेको गुनासो पोखेका छन् । प्रदेश सभा सदस्य सांसद रामकुमार राई पासाङका अनुसार विभिन्न चरणमा भएका आन्दोलनमा विरगति प्राप्त गरेका शहीदका परिवारले अझै क्षतिपुर्ति नपाउनु भनेको सरकारले शहीदको परिवारलाई अपमान गरेको जिकिर गरे ।
श्रदाञ्जली सभा दिक्तेलको भवन गैरा नजिकबाट सुरुभएर मनोज मार्ग(सिंढि)हुंदै शहीद मनोज जोसीको प्रतिमा स्थलमा गएर कोण सभामा परिणत भएको थियो ।
शहीद मनोज जोसी पिता रामप्रसाद जोसी र माता अम्विका जोसीको कोखबाट कान्छो छोरोको रुपमा २०३० साल कार्तिक २३गते बुधबारका दिन जन्मिएका थिए । शहीद मनोज जोसी २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी हुंदा कर्मचारीहरुको विसुद्ध हकहितको विषयमा उठाएका मागहरुका सन्दर्भमा सहभागी हुंदा आजैके दिन उनको निधन भएको थियो । कर्मचारीहरुले उठाएको आन्दोलमा साहदात प्राप्त गरेका शहीद जोसीलाई विगत २ वर्ष अघाडी सरकारले शहीद घोषणा गरेको थियो ।
सहीद मनोज जोसीले जुन कर्मचारी हकहितको लागि सरिक भएर निस्वार्थ भाव लिएर अघाडी वढ्नु भएको थियो उनी मरेर गए पनि उंहाले देखाएको बाटोमा कर्मचारी मात्र नभएर तमाम नेपाली जनता उनले देखाएको बाटो तर्फ लाग्नु पर्ने आधिकारिक ट्रेड युनियन कर्मचारी संगठन खोटाङका अध्यक्ष धुर्वकार्कीले बताए ।
यस्तै सहीद झपेन्द्र कार्कीको कास्की ७ पोखरामा जन्म भएर सडक विभाग यन्त्रि कार्यालय काम गरेका उनले २०४७ साल वैशाख २० गते साहदात प्राप्त गरेका थिए ।  नेपाल सरकारले तत्कालिन बहुदलिए व्यवस्था आएसंगै सरकारी सम्पति नष्ट गर्ने भनी उनलाइ तत्काल गोली हानी विभत्स हत्या गरेको थियो तर उनी सरकारी सम्पतिमाथि आगो लगाउन हैन नियन्त्रण गर्न सहभागी थिए । शहीद कार्कीलाइ आगो लगाउने समुहमा सरिक भएको भन्दै गोली हानिएको बताइएको छ ।
यसै विच शहीद मनोज स्मृतीको अवसरमा वोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले उपयुक्त स्थान छनौट गरेर सम्पुर्ण ज्ञात अज्ञात शहीदहरुको नामावली सहित मनोज मार्गमा परिसर छेउमा प्रवेशद्धार नगरपालिकाको लगानीमा निर्माण गरिने बताएका थिए ।

सम्बन्धित सबै

Back to top button
Close