कोदोको लोकल रक्सीलाई ब्राण्ड बनाउन माग गर्दै सरकारलाई एक कठुवा रक्सी

दिवस रिजाल, साउन १६ खोटाङ ।
स्थानीय स्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई ब्राण्ड बनाउन माग गर्दै प्रधानमन्त्रि तथा मन्त्री परिषद समक्ष नेपाल सरकारलाई एक कठुवा रक्सी पठाइएको छ ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङद्धारा जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमूख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कोदोको रक्सीलाई ब्राण्डेड बनाउर्नु पर्ने भन्दै नेपाल सरकारलाई ज्ञापन पत्रका साथमा स्थानीय स्तरमा उत्पादन गरिएको लोकल रक्सी भरिएको एक कठुवा रक्सी समेत बुझाईएको हो ।
स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिवन्ध हैन ब्राण्डका रुपमा विकास गर्नुपर्ने उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै यायोक्खाले घरेलु उद्योगको रुपमा अग्र्यानिक जडीबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी मँहगो मुल्यमा विदेश निर्यात गर्नु पर्ने व्यवस्था मिलाउनका साथै कानुनी मान्यता प्रदान गर्न सरकारसँग जोडदार माग गरिएको छ किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राइले बताए ।
यता जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमूख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र बुझ्दै नेपाल सरकारले नँया कानुन बनाएर कार्यन्वयन गरेको खण्डमा यसलाई हामिले कार्यन्वयन गर्ने बताएका छन् ।
घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाउनकै लागि भएपनी यसलाई नेपाल सरकारले ब्याण्ड हैन ब्राण्ड बनाउन नेपाल सरकारको उचित ध्यान जानुपर्ने देखिन्छ ।

सम्बन्धित सबै

Back to top button
Close