खोटाङमा मास्क नलगाई हिड्ने १५ जना कार्वाहीमा , एक सय जरिवाना

सन्तोश पौडेल – साउन १६ खोटाङ । देशभर लकडाउन खुलेसँगै कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय खोटाङले मास्क नलगाई हिँड्ने १५ जनालाई कारवाही गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मास्क नलगाई हिँडेका १५ जनालाई कारवाहीगरि रु १०० जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
सरकारले लकडाउन खोले पनि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन मास्क अनिवार्य लगाउन साथै पटकपटक सेनिटाइजरले हात धुन सूचना गर्दासमेत कानूनको उलङ्घन साथै अटेर गर्ने पैदल यात्रीलाई रु १०० का दरले जरिवाना गराएको जनाइएको छ । मास्क नलगाई हिड्ने र सामाजिक दूरी कायम नगर्नेलाई सङ्क्रमण रोग २०२० ऐन अन्तरगत जरिवाना गरेर १ घण्टा उभ्याइएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।
कोभिड–१९ सङ्क्रमण रोग ऐन २०२० कानून उलङ्घन गरेमा एक महिनासम्म कैद वा रु १०० समेत जरिवाना वा दुवै सजाय हुने साथै ऐन अन्तरत काममा खटिएका अधिकृत व्यक्तिहरुलाई काममा बाधा पुर्याउनेलाई छ महिनासम्म कैद जरिवाना वा दुवै सजाय हुने सङ्क्रामक रोग ऐन २०२० मा उल्लेख गरिएको छ ।

सम्बन्धित सबै

Back to top button
Close