खोक्चिलिपा सहकारीले ८५० किसानलाई फलफुलको बेर्ना वितरण गर्यो

दिवस रिजाल, साउन १८ खोटाङ ।
खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले बुइपाका ८५० जना किसानलाई फलफूलको बेर्ना निःशुल्क वितरण गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपालाई फलफूलको उत्पादन क्षेत्र बनाउने लक्ष्यकासाथ सहकारी संस्थामा आवद्ध ५०० सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकार्डोको बिरुवा वितरण गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष मिलन राईका अनुसार डिभिजन वन कार्यालय खोटाङ र भू तथा जलाधार कार्यालय ओखलढुङ्गाले फलफूलका बेर्ना उपलब्ध गराएको बताए । उनले भने सहकारीको समन्वयमा किसानलाई सुन कागतीको तीन हजार ५०० बोट, अम्रपाली जातको आँपको ५०० बोट, लिचीको ३५० बोट र एभोकार्डोको २५० बोट बिरुवा बाँडिएको बताए । उहाँका अनुसार फलफूललाई किसानको आम्दानीको श्रोतकारुपमा विकास गर्ने लक्ष्यकासाथ बेर्ना वितरण गरिएको जनाए ।
आर्थिक वर्ष २०७६÷०७७ मा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट बुइपामा कोल्डस्टोर निर्माण गरिएसँगै सहकारी फलफूल खेती प्रवद्र्धनमा लागेको हो । बुइपाको बेँसी क्षेत्रका किसानलाई लिची, आँप र कागतीका बिरुवा बढी मात्रामा वितरण गरिएको छ ।

सम्बन्धित सबै

Back to top button
Close