बाख्रापालन व्यवसायमा रमाउँदै वडाध्यक्ष, वार्षिक ५ लाख आम्दानी

वार्षिक ५ लाख आम्दानी

अनलाईन आवाज संवाददाता

साउन १८ खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका वडाध्यक्ष वीरेन्द्र प्रसाद ढकालबाख्रापालन व्यवसायमा रमाउँदै जनताको सेवा गरिरहेका छन् ।
बाख्रापालन व्यवसायबाट वार्षिक पाँच लाख भन्दा बढी आम्दानी गर्दै आएको वडाअध्यक्ष ढकालले जानकारी दिए । उनले भने लामो समयदेखि बाख्रापालन गर्दै आए पनि वि.सं. २०७२ सालमा बाख्रा फर्म स्थापना गरेर व्यवसायीक हिसावले अघाडी बढेको जानकारी दिए ।
कालिका बाख्रा फर्म दर्ता गरेर सो फर्ममा ८५ वटा बाख्रा रहेको ढकालले वताए । उक्त फर्ममा रहेको बाख्रामध्ये ७ वटा उन्नत जातका बोयर बाख्रा रहेका छन ।
करिव एक हजार भन्दाबढी बाख्रा पालन गर्ने उद्देश्य लिई शुरु गरेको करीब ५ रोपनी क्षेत्रफलमा बाख्राको लागि नेपियर ,बडहर , किम्भु , राईखनिउँ ,बकाईनो आदि घास लगाएका छन् । ढकालले बाख्रा फर्म सहित ९ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका फलफुल लगाइ बिक्री वितरण गर्दै आइरहेकाछन ।

सम्बन्धित सबै

Back to top button
Close